Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसलाई ओलीको कटाक्ष - आफ्नै पार्टीका नेताहरुलाई फाँसी दिँइदा सहिद मानेन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक लडाईमा सहिद भएकाहरुलाई कांग्रेसले उचित सम्मान नदिएको गुनासो गरेका छन् ।

पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालका काम र योगदानको प्रेरणा लिएर आज यस ठाउमा आइपुगेको भन्दै उनले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताएका हुन् ।

विगतदेखि नै सत्ता स्वार्थका लागि नेपाली काँग्रेसले आफ्नै पार्टीका योद्धाहरु मारिँदा समेत सहिद स्वीकार्न र उचित सम्मान गर्न नसकेको भन्दै कटाक्ष गरे ।

ओलीले सहिद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको आरोप लगाउदै भने, ‘मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भीमदत्तलाई सहिद मान्दैन ।’

दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी कांग्रेसले नलिएको पनि ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077