Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - गठबन्धनभित्र वामपन्थीको चुनावी मोर्चा बन्न सक्छ

जनकपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र वामपन्थीहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन्।

जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले अहिले गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका सबैसँग कुराकानी भइरहेको बताएका हुन् ।

प्रचण्डले भने, ‘हामीले गठबन्धनभित्रका वामपन्थीहरूको बीचमा एउटा राम्रो समझदारी बनाउनुपर्छ र सकियो भने चुनावी खालको विशेष मोर्चा पनि हुन सक्छ, भोलि एकता हुने भयो भने पार्टी एकता संयोजन समिति पनि हुन सक्छ भनेर छलफल अघि बढाएका छौं।’

यी विषयमा छलफल चलिरहेको र अहिले नै निष्कर्षमा नपुगेको उनले बताए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077