Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लागुऔषधसहित वीरगन्जबाट अनिल पक्राउ

वीरगन्ज । पर्सामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–१० का ३१ वर्षीय अनिल कुमारलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

वीरगन्ज–१६, रजतजयन्ती चोकस्थित सडकबाट उनलाई पक्राउ गरेको जिल्ल प्रहरी कार्याल पर्साले जनाएको छ । प्रहरीले बीआर ०७ वाई ८२०१ नम्बरको कारसहित अनिललाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा उक्त कारको सिटमुनि फल्स बटम बनाई कागजले बेरी राखेको अवस्थामा लागुऔषध भेटिएको थियो ।

प्रहरीले कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम एक हजार १५५ एम्पुल, नुरफिन ९७८ एम्पुल र नाइट्राभेट एक हजार ७८५ ट्याब्लेट बरामद गरेको प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077