Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानमा फेरि दिन थालियो सार्वजनिक मृत्युदण्ड

एजेन्सी। इरानले दुई वर्षमा पहिलो पटक सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक गैरसरकारी संस्थाले जनाएको छ ।

इस्लामिक गणतन्त्रमा बढ्दो दमनलाई लिएर चिन्ता बढिरहेका बेला मृत्युदण्ड दिइएको इरान ह्युमन राइट्सले जनाएको छ ।

दक्षिणी सहर शिराजमा सन् २०२२ को फेब्रुअरीमा एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका इमान सब्जिकरलाई फाँसी दिइएको नर्वे स्थित उक्त अधिकार समूहले जनाएको हो ।

इरानी सरकारी सञ्चार माध्यमहरूले उनको मृत्युदण्डको बारेमा रिपोर्ट गरेको र दोषीलाई सब्जिकरको रूपमा पहिचान गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077