Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रीमतीलाई जिउँदै जलाउने ताङ लुलाई दिइयो मृत्युदण्ड

    श्रीमतीलाई जिउँदै जलाउने ताङ लुलाई दिइयो मृत्युदण्ड

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 1K
    SHARES

    एजेन्सी । पूर्व श्रीमतीलाई जिउँदै जलाउने एक चिनियाँ पुरुषलाई मृत्युदण्ड दिइएको छ ।

    लामू नाम गरेकी ती महिला चीनको टिकटक भर्सन दोउयिनकी चर्चित सोसल मिडिया पर्सनालिटी थिइन् ।



    उनका श्रीमान् ताङ लुलाई मृत्युदण्डको सजाय सुनाइँदा सिचुआन प्रान्तको दक्षिण९पश्चिममा रहेको दुर्गम ग्रामीण इलाका आबा प्रान्तको अदालतले उनको अपराधलाई ‘अत्यधिक क्रुर’ र समाजमा यसको प्रभाव असाध्यै नराम्रो भएको बताएको छ ।



    सम्बन्धविच्छेद गरेको करिब तीन महिनापछि उनले आफ्नी पूर्व श्रीमतीलाई उनको पिताको घरमा पेट्रोल छर्केर आगो लगाइदिए । उनको शरीरको ९० प्रतिशत जलेको थियो र दुई हप्तापछि उनको निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार