Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको भूमिकामाथि रावलको प्रश्न - सरकार कहाँ छ यो देशमा छ कि अन्त कतै छ ?

काठमाडौं । नेकपा एमालेका सांसद  भीम रावलले अहिलेसम्म पनि सरकारले एसपीपी अस्वीकृत गरेको पत्र अमेरिकी सरकारलाई नपठाएको भन्दै सरकारको  उठाएका छन् ।

आइतबार संसद‍्मा बोल्दै रावलले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) बारे संसद र संसदीय समितिको सर्कुलरलाई यो सरकारले सुनेपनि नसुनेझै गरेको भन्दै आपत्ती जनाए।

उनले भने, 'अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) को सम्बन्धमा सरकारको निर्णय कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ ? भनेर यो सम्मानित सदनलाई जानकारी गराउन सम्माननीय सभामुखज्यूले निर्देशन दिएको ५ दिन पुग्यो । एसपीपीको पत्र पठाएको के छ भनेर निर्देशन दिएको ५ दिन पुग्यो । सरकार कहाँ छ यो देशमा छ कि अन्त कतै छ ?’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय र संसदको निर्देशन पनि यो सरकारले नसुनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077