Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतको ‘अग्निपथ’ योजनामा नेपाली लिए गोर्खा भर्ती सन्धि खारेज गर्नुपर्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले भारतले अघि सारेको ‘अग्निपथ’ योजनामा नेपालीलाई लिए गोर्खा भर्ती सन्धि खारेज गर्न माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले भारत सरकारको अग्निपथ योजना गोर्खा सैनिक भर्ती सन्धि विपरित रहेको बताउँदै सो का लागि नेपाली भर्ना गरेर सन्धि खारेज गर्न माग गरेका हुन् ।

रावलले अग्निपथ योजना अन्तर्गत भारतीय सेनामा सहभागिता हुने गरी ४ वर्षका लागि भर्ना खोलिएको, त्यसरी भर्ती भएकाहरुले जल, स्थल र आकाशमा खटाइएको ठाउँमा काम गर्नुपर्ने र सेवामा खटाइएकाले उपदान, महँगी भत्ता तथा अरु सेनाले जस्तो पाउने सुविधा नपाउने बताए ।

सो योजनाअन्तर्गत भर्ती भएकाहरुलाई कुनै पनि समय सेवाबाट हटाउन सकिने प्रावधान गोर्खा भर्ती सन्धि विपरितको प्रावधान भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077