Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुपन्देहीमा सञ्चालित अवैध कल सेन्टरमा प्रहरीको छापा , डेढ सय युवायुवती पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट ठगी गरेको आरोपमा प्रहरीले ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई प्रकाउ गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.२ को जानकीनगरबाट सञ्चालक सहित डेढ सय युवा युवतीहरुलाई पहरीले प्रकाउ गरेको हो ।

सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट खुलेपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077