Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जिसस बाजुराको सबै पदमा एमाले उम्मेदवार सर्वसम्मत

    जिसस बाजुराको सबै पदमा एमाले उम्मेदवार सर्वसम्मत

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 714
    SHARES

    बाजुरा । जिल्ला समन्वय समिति बाजुरामा अन्य दलले उम्मेदवारी नदिएपछि सबै पदमा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत चयन भएका छन् ।

    समन्वय समितिको प्रमुखमा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्कीसहित ९ सदस्यीय समन्वय समिति सर्वसम्मत चयन भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।



    समन्वय समितिको खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महत्तरा, महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देबी विक सर्वसम्मत भएका छन् । सर्वसम्मत चयन भएका प्रमुख, उपप्रमुखसहित सदस्यहरुले आइतबार पदभार ग्रहण गरेका छन् ।



    ९ स्थानीय तह रहेको बाजुरामा ३० वैशाखमा भएको निर्वाचनमा ५ वटा र २३ असारमा बुढीगंगा नगरपालिका समेत गरेर ६ पालिकामा नेकपा एमालेले जितेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार