Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पाल्पा खेलकुद विकास समितिका तत्कालीन कार्यालय प्रमुख र अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पाल्पा खेलकुद विकास समितिका तत्कालीन कार्यालय प्रमुख र अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 954
    SHARES

    काठमाडौं । जिल्ला खेलकुद विकास समिति पाल्पाका अध्यक्षसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

    आयोगको कार्यालयले रामपुर बहुउद्देश्यीय कभर्डहलको निर्माणमा फर्जी कागजात तयार बनाएर रकम भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै खेलकुद विकास समितिका तत्कालीन कार्यालय प्रमुख तारा बहादुर थापा , समितिका तत्कालीन अध्यक्ष करूणा काफ्ले ,फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लिका संञ्चालक सन्देश पाण्डे र झपेन पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    अख्तियारका अनुसार उनीहरुले आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा फर्जी कागजात तयार गरी रकम भुक्तानी दिई जिल्लाको रामपुर बहुउद्देश्यीय कभर्डहलमा भ्रष्टाचार गरेका हुन् ।



    अख्तियारले तत्कालीन पाल्पा जिल्ला, खेलकुद विकास समितिका अध्यक्ष करूणा काफ्ले र तत्कालीन पाल्पा जिल्ला, खेलकुद विकास समितिका कार्यालय प्रमुख तारा बहादुर थापालाई विगो रू९,९०,०००(नौ लाख नब्बे हजार रूपैया) बिगो रकम माग दाबी गरेको छ।

    जिल्ला, खेलकुद बिकास समितिसँग गरेको सम्झौता तथा स्वीकार गरेको शर्त विपरीत रू ९,९०,००० भुक्तानी लिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएको भन्दै फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लि.का संञ्चालकहरु सन्देश पाण्डे र झपेन पाण्डेलाई उक्त ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी ऐनको ऐदफा ८ को उपदफा (४) बमोजिम विगो रू९,९०,००० (नौ लाख नव्वे हजार रुपैयाँ) बिगो रकम माग दाबी गर्दे आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार