Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धनुषाका तत्कालीन प्रजिअ गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

    धनुषाका तत्कालीन प्रजिअ गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 801
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धन अयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमसहित १३ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    पूवप्रजिअ गौतममाथि १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार ऐनबमोजिम कैद सजाय र असुल उपर गर्न माग दाबी गरिएको छ ।



    सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालतमा धनुषा तत्कालीन प्रजिअ गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत गरी १३ जनाउपर आरोपपत्र दायर गरेको हो ।



    धनुषाको भरतपुर गाविसअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्मा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार गरेको उनीहरुविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका अधारमा छानविन गरी मुद्दा दायर गरिएको हो ।

    उजुरी छानबिन गर्दा सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनु पर्ने रकम किर्ते मोही खडा गरी मुआब्जा दिई उनीहरुले बदनियतपूर्ण १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार