Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर, मन्त्रीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर, मन्त्रीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 873
    SHARES

    धनगढी । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्रीकी श्रीमतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिव निम्न माध्यमिक विद्यालय हाल मावि देवरियामा अध्यापनरत शिक्षक गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।



    अख्तियारले पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। कैलालीको धनगढी– ९ स्थित शिव माविमा गीताले राहत शिक्षकका रूपमा काम गरेकी थिइन्।



    बोर्ड अफ सेकेन्डरी इजुकेसन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

    उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई यही असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार