Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यूएई जान लागेका दुईजना विमानस्थलबाट पक्राउ

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट यूएईस्थित सारजाह जान लागेका दुई नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा तनहुँको भिमाद नगरपालिका–२ का २६ वर्षीय मानबहादुर थापा र रौतहटको राजपुर गाउँपालिका–६ का ३० वर्षीय शेख फैयाज छन् ।

अवैध रुपमा साउदी रियाल लिएर जान लागेको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु शनिबार एअर अरेबियाको उडानमाफर्त सारजाह जान लागेका थिए।

थापाले ५ सय दरका ५० थान अवैध रियाल र फैयाजले ५ सय दरका १०० थान अवैध रियाल बोकेको पाइएपछि पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनीहरु दुवै जनालाई रकमसहित राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077