Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मतदान स्थल र मतदान केन्द्र पुनरवलोकन गरिँदै

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर मतदान स्थल र मतदान केन्द्र पुनरवलोकनका लागि कार्ययोजना तयार गरेको छ ।

त्यसका लागि यही साउन १ गतेदेखि भदौ ७ गतेसम्म कार्यक्रम सञ्चालन हुने गरी कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपबाट सम्पन्न गर्न पुनरवलोकन कार्यलाई प्रभावकारी बनाउन आइतबार मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिको बैठक भएको छ।

समितिले आवश्यक पूर्वाधारसहित पायक पर्ने स्थानमा मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण गरी पुनरवलोकन गर्दै सिफारिस गरी पठाउने सम्बन्धमा आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन नेपाल सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई अनुरोध गरेको छ ।

यस्तै समितिले जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट आयोजना गरिएको छलफल कार्यक्रम र बैठकमा अनिवार्यरूपमा सहभागी हुनका लागि सम्बन्धित राजनीतिक दलका जिल्लास्तरीय संगठनलाई आवश्यक निर्देशन हुन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077