Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रेस युनियनको मत परिणामले देउवा पक्षलाई ठुलो धक्का , इन्द्र बानियालाई पनि लाग्यो झट्का

काठमाडौं । नेपाली कांग्रेस निकटको संस्था नेपाल प्रेस युनियनको हेटौंडामा सम्पन्न महाशिबेशनबाट अधिकांश पदहरुमा संस्थापन पक्ष पराजित भएको छ ।

अध्यक्षमा डा. शेखर कोइराला पक्षका शिव लम्साल बिजयी भएका छन् भने वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि शेखर पक्षकै उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लम्सालले संस्थापन पक्षकी उम्मेदवार अनिता विन्दूलाई पराजित गरेका हुन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरुले विन्दूले हार्ने आँकलन गरेको भए पनि नेता प्रकाशशरण महतको गलत रिपोटिङले गर्दा संस्थापन पक्षले विन्दूलाई उम्मेदवार बनाएको थियो। प्रेस युनियनको अध्यक्षमा कोइराला पक्षका शिव लम्साल बिजयी भएसँगै प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवालाई ठुलो धक्का लागेको छ।

त्यस्तै, काग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियालाई पनि झट्का लागेको छ। बानिया देउवा पक्षका शक्तिशाली नेता हुन् । उनले कुनै पनि हालतमा संस्थापन पक्षलाई जिताउने भन्दै बालुवाटारमा आश्वासन दिएका थिए।

तर, प्रेस युनियनमा ठुलो पकड राक्दै आएका कांग्रेस केन्द्रिय सदस्य तथा युनियनका पूर्व महासचिव अजयबाबु सिवाकोटी मैदानमै खटिएर लम्साल समुहलाई जिताउन लागिपरेका थिए। कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरु पनि  लम्साल समुहलाई जिताउन होटेल सामनामा अड्डा जमाएर बसेका थिए।

संस्थापन पक्षका वरिष्ठ उपाध्यक्ष पदका  उम्मेदवार सरोज अधिकारीले धेरै फर्जी मतको चलखेल गरे पनि उनको केही लागेन। अधिकारीलाई जिताउन पुर्व अध्यक्ष बद्री सिग्देल खुलेरै मैदानमा उत्रिएका थिए।  सिग्देल र अधिकारीमाथि युनियनको नाममा आर्थिक हिनामिना गरेको आरोप पनि लागेको छ। सरोज अधिकारीले प्रेस युनियनको नाम लिदै कृषि मन्त्रालयबाट करोडौं अनुदान लिएको आरोप छ ।

वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र महासचिवमा दिलीप पौडेल विजयी भएका हुन् ।

अध्यक्षमा लम्सालले संस्थापन निकटकी उम्मेदवार अनिता विन्दूलाई पराजित गरेका हुन् ।

महासचिवमा पौडेलले संस्थापनका जगन्नाथ दुलाललाई पराजित गरे ।

खुला उपाध्यक्षमा पनि लम्साल प्यानलबाट उम्मेदवार बनेका नेपाल नकुल अर्याल निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षकै अर्को एक कोटामा भने संस्थापन पक्षका भीष्मराज ओझा विजयी भएका छन् ।

यस्तै कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल विजयी भएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनपछि संस्थापन पक्षसँग हरेक विषयमा मतान्तर राख्दै आएको कोइराला पक्षले प्रेस युनियनको चुनावलाई यसपटक ठुलो प्रतिष्ठाको विषय बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077