Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : उपत्यकासहित देशका केही स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल काठमाडौंसहित देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंका केही स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको हो ।

काठमाडौंका कतिपय स्थानमा अहिले पनि वर्षा भइरहेको र केही स्थानमा भने रोकिइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना नभएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077