Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

अछाम । अछाममा पहिरोले एउटा घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर–२, भुलूका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अमरका भाइ वीरेन्द्र, छोरा संविधा र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

गए राति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको स्थानीयले बताएका छन् । घटना भए लगत्तै प्रहरीको टोली त्यसतर्फ हिँडे पनि अझै पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077