Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१६ क्वीन्टल काइनेटिक ढुंगासहित एकजना पक्राउ

सुर्खेत । सुर्खेतमा काइनेटिक ढुंगासहित एकजना पक्राउ परेका छन् ।

१६ क्वीन्टल काइनेटिक ढुंगासहित वीरेन्द्रनगर नगरपालिका ११ समावेशी टोलबाट ३२ वर्षका दीपक बस्नेत पक्राउ परेका हुन् ।

उनको घरमा प्रहरीले आइतबार खानतलासी गरेको थियो । त्यसक्रममा १६ क्वीन्टल ९१ किलो सात सय ग्राम अवैध काइनेटिक ढुंगा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बस्नेतलाई थप अनुसन्धानका लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077