Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माओवादी अध्यक्ष दाहालको गुनासो - पैसा खर्च नगरी चुनाव जित्ने अवस्था छैन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेका बताएका हुन् ।

गाउँपालिकाको अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको सूचना आफूले पाएको पनि बताए । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि यो निर्वाचन प्रणालीका कारण जनताले अनुभूति गर्न नपाए प्रचण्डले गुनासो गरेका छन् ।

यो अवस्था रहेसम्म देशको अवस्था सुधार नहुने प्रचण्डको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077