Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको वैदेशिक व्यापार घाटा हालसम्मकै उच्च

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा गत आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्मकै सबैभन्दा बढी भएको छ।

आर्थिक वर्ष २०७८/७९ को साउन महिनादेखि असार मसान्तसम्ममा नेपालले १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको १२ महिनाको तथ्यांकअनुसार गत वर्ष नेपालको व्यापार घाटा २३ प्रतिशतले उकालो लागेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा ३ खर्ब २१ अर्ब ७० करोड ४४ लाख १ हजार रुपैयाँले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077