Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युवतीको नग्न तस्बिर खिचेर ब्लाकमेल गर्ने २ जना पक्राउ

रुपन्देही । युवतीको नग्न फोटो खिचेर ब्लाकमेलिङ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्लाकमेलिङ गरेर जबरजस्ती गर्न खोजेको अभियोगमा गैडहवा गाउँपालिका–९ का २१ वर्षीय जगन्नाथ मल्लाह र १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

युवतीको नग्न तस्बिर खिचेर सोही फोटो भाइरल बनाइदिने धम्की दिँदै जबरजस्ती गर्न खोजेको उजुरीको आधारमा सैनामैना नगरपालिका–७ देउवापारबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

किशोरले नक्कली फेसबुक आईडी बनाई विगत २ सातादेखि म्यासेज पठाई निजी तस्बिर सार्वजनिक गर्छु भन्दै ब्ल्याकमेल गरेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ भेट्न बोलाई उनले युवतीलाई जबरजस्ती गर्ने प्रयास गरेका थिए । ती किशोरको साथबाट युवतीको तस्बिर भएको मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077