Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

स्काइ वर्ल्ड कल सेन्टरबाट चिनियाँ नागरिकसहित ४१ जना पक्राउ

काठमाडौं । अवैध गतिविधि गरेको आशंकामा तीनकुने गैह्रीगाउँस्थित स्काइ वर्ल्ड कल सेन्टरबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरेको छ ।

चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर केही मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कल सेन्टरको आवरणमा ‘ठगी धन्दा’ संचालन गरेको सुराकीका आधारमा प्रहरीले सोमबार स्काई वर्ल्डमा छापा मारेको थियो । कल सेन्टरमा कार्यरत १४ जना महिला र २७ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाली घर भएकी २२ वर्षीया सुस्मिता मिलिसैना, कोटेश्वर बस्ने २० वर्षीया शुभेच्छा नेपाल, बारा घर भएकी २० वर्षीया समिक्षा गुप्ता, नवलपरासी घर भएकी २२ वर्षीया अनु परियार, कञ्चनपुर घर भइ कोटेश्वर बस्ने २२ वर्षीया जानकी शाह र कैलाली घर भई सितापाईला बस्ने वर्ष १८ की सबिना दाहाल छन् ।

त्यस्तै, भारत घर भई जडिबुटी बस्ने २४ वर्षीया एलिना गुरुङ र कञ्चनपुर घर भएकी १७ वर्षीया प्रिया विष्टसहित ४१ जना छन् ।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077