Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाँच वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ

दाङ । दाङमा एक पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित स्टार समिट इंग्लिस स्कुलका शिक्षक ५० वर्षीय श्यामलाल चौधरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार आरोपित शिक्षकलाई सोमबार दिउँसो चार बजेपछि पक्राउ गरिएको हो।

‘बालिकालाई आमाले नुहाइदिने बेलामा योनी दुखेको कुरा भनेपछि सोधपुछका क्रममा शिक्षकले बालिकालाई यौन दुर्व्यवहार गरेको पाइएको हो।

बालिकाले आफ्नो योनीमा शिक्षकले औंला पसाइदिने गरेको कुरा आमालाई भनेपछि पीडित बालिकाको तर्फबाट अभिभावकले प्रहरीलाई खबर गरेका थिए । पीडितका परिवारले इलाका प्रहरी कार्यालय भालुवाङमा पुगेर पीडिकविरूद्धमा लिखित किटानी जाहेरी दिएका छन् ।

अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले शिक्षक चौधरीलाई पक्राउ गरेको हो । शिक्षकमाथि थप अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया सुरू हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077