Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बारेकोट गाउँपालिका-६ का वडाध्यक्ष महतारामाथि खुकुरी प्रहार

जाजरकोट । जाजरकोटमा एक वडाध्यक्षमाथि खुकुरी प्रहार गरी निर्घात कुटपिट भएको छ ।

जिल्लाको बारेकोट गाउँपालिकास्थित वडा नम्बर ६ का अध्यक्ष डम्बरबहादुर महतारामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एमालेबाट निर्वाचित महतारामाथि सोमबार बिहान आफ्नै निवासमा रहेका बेला कांग्रेसका स्थानीय नेता अविनाश नेपाली र स्थानीय टेकेन्द्र नेपालीले टाउकोमा खुकुरी र ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

घटनामा संग्लन आरोपित दुई जना फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

घाइते वडाध्यक्षलाई उपचारका लागि खलंगातर्फ ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077