Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्रोत नखुलेको २४ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

धनुषा । स्रोत नखुलेको झण्डै २४ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

भारत विहारको मधुवनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने ९ बस्ने १९ वर्षीय अब्दुल समीलाई प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका १२ कुवाँ स्थित महादेव मन्दिरनजिक बी.आर ३२ एजे ०१७० नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा स्रोत नखुलेको रकमसहित समीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समीको साथबाट प्रहरीले २३ लाख ८९ हजार ४८० नेपाली रुपैयाँ बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077