Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने न्याय परिषद्को निर्णय

काठमाडौं । न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको परिषद् बैठकले ती जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय भएको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

सरुवा भएका न्यायाधीशहरुको विस्तृत विवरण बुधबार सार्वजनिक गर्ने परिषद्को तयारी छ । यस्तै जिल्ला न्यायाधीशका लागि आवेदन दिने ६३ जनाको नाम सर्ट लिस्टमा निकालेको छ ।

जसमध्येबाट २१ जना न्यायाधीशमा चयन हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077