Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अफगानिस्तानमा विस्फोट : २ बालबालिकाको मृत्यु, १० जना घाइते

एजेन्सी । देशको दक्षिणी जाबुल प्रान्तमा मङ्गलबार विगतको युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा कम्तीमा दुई बालबालिकाको मृत्यु हुनाको साथै १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

‘आज दिउँसो मिजान जिल्लामा बालबालिकाको एउटा समूहले खेलौना जस्तो वस्तु फेला पारेको थियो र खेल्ने क्रममा त्यो विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्’, एक अधिकारीले भने ।

यसैबीच जनस्वास्थ्य विभागका प्रान्तीय प्रमुख अब्दुल हाकिम हाकिमीले दुई जनाको शव र १० जना घाइते बालबालिकालाई अस्पताल लगिएको पुष्टि गरेका छन्।

पछिल्लो पाँच दिनमा दक्षिणी क्षेत्रमा घटेको यो दोस्रो घटना हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077