Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एसईईमा न्यूनतम ३५ अंक नल्याए फेल !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा आज (बुधबार) प्रकाशन गर्ने अन्तिम तयारी पुरा गरेको छ । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरूमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पुरा गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए ।

‘मंगलबार अपराह्न बोर्डको बैठक बसेर टुंग्याउनुपर्ने सबै प्राविधिक विषयवस्तु टुंगो लगाऔं,’ अध्यक्ष शर्माले भने, ‘साउन ११ गते बुधबार एसइईको नतिजा प्रकाशन गर्ने तयारी सबै तयारी पुरा ग¥यौं। बुधबार बोर्डको बैठकले नतिजा प्रकाशन गर्छ ।’

राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाख ८ गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीले परीक्षा दिएका छन् ।

३५ अकं नल्याए अवर्गीकृत गरिने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, ०७८ ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरू अब पास हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनु पर्नेछ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077