Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कङ्गोमा राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप, १५ जनाको मृत्यु

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप भएको छ ।

झडपमा परेर १५ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । गोमा सहरमा पाँच जना र बुटेम्बो सहरमा १० जनाको मृत्युभएको बताइएको छ ।

कङ्गोमा संयुक्त राष्ट्र सङ्घ सङ्गठन मिसनको विरुद्धमा असन्तुष्टि जनाउँदै प्रदर्शन भइरहेको छ ।

प्रदर्शनका क्रममा यातायात अवरुद्ध पारेको र आगजनी समेतका घटना भएपछि हस्तक्षेप गरेको कङ्गो प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077