Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाले डेढ सय बढी नगर प्रहरी भर्ती गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने भएको छ ।

महानगरले १६४ जना नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरेको हो । अहिले महानगरसँग १७० जना मात्रै नगर प्रहरी छन् ।

फुटपाथ अतिक्रमण नियन्त्रण र सहरी व्यवस्थापनमा अहिलेको जनशक्ति पर्याप्त नभएको निष्कर्ष नगर प्रहरीले निकालेको थियो । त्यसकै आधारमा महानगरपालिकाले जनशक्ति थप्ने तयारी गरेको हो ।

काठमाडौं महानगरका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार करार सेवा वा सेवा करार प्रणालीबाट प्रहरी राख्ने भन्ने निर्णय भइनसकेको बताउँछन् । तर, स्थायी दरबन्दी सिर्जना गरेर नगर प्रहरी नराखिने उनले बताए ।

‘करार सेवामा लिने भयौं भने योग्यता तोकेर महानगरले सूचना निकाल्छ,’ उनले भने, ‘सेवा करार गर्ने भयौं भने हामीले तोकेको योग्यता अनुसारका जशनक्ति उपलब्ध गराउने गरी आउटसोर्सिङ कम्पनी छान्न टेन्डर गर्छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077