Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव नेपालले भने -एसपीपीका विषयमा परराष्ट्र मन्त्रीसँग जवाफ माग्नुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन ढिलाइ गरेको विषयमा परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन ढिलाइ गरेको बारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका हुन् ।

सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरी परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय गरेको थियो । र गृहमन्त्री बालकृष्ण खाँणले सरकारो निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको राष्ट्रिय सभा बैठकमा जानकारी गराएका थिए । तर परराष्ट्र मन्त्रालयले भने उक्त पत्र अध्ययन भइरहेको भन्दै अमेरिका पठाएको छैन ।

बुधबार सोही विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्ता गठबन्धनको प्रमुख घटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग जवाफ माग्नुपर्ने बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077