Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

वडाध्यक्षमाथि खुकुरी प्रहार गरेको आरोपमा दुईजना पक्राउ

जाजरकोट । वडाध्यक्षलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका –६ का टेकेन्द्र नेपाली र अविनास विक रहेका छन् ।

बारेकोट– ६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाई साउन ९ गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई कुशे गाउँपालिका– ५ बाटुलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कायर्षलय जाजरकोटले जनाएको छ । घाइते वडाध्यक्ष महतारालाई टाउकोमा सात टाँका लगाएर कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको छ ।

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077