Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा गुडिरहेको बसमाथि ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बसमा सडकमाथिबाट ढुंगा खस्दा दैलेखको भगवतीमाई गाउँपालिका–२ की १७ वर्षीया पार्वती शाहीको मृत्यु भएको हो ।

बुधबार रत्न राजमार्गको छिन्छु धुलियाविट सडकखण्ड अन्तर्गत भेरीगंगा नगरपालिका–२ पैसट्ठीमा सडकमाथिबाट खसेको ढुंगा खसेको थियो ।

टाउकोमा ढुंगा लागेर गम्भीर घाइते भएकी शाहीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ना ७ ख ५८११ नम्बरको रात्रीकालिन बसमा ढुंगा खस्दा सवारी चालकको सिटभन्दा पछाडी बसेका दुईजना अन्य यात्रु पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077