Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरका मेयर बालेनविरुद्ध बानेश्वरमा नाराबाजी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध व्यवसायीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीलाई नगरप्रहरीले हटाउन थालेपछि प्रमुख शाहविरुद्ध उनीहरुले नाराबाजी गरेका हुन् ।

बुधबार साँझ नगरप्रहरीले सडक छेउका व्यवसायीका सामान उठाउन थालेपछि उनीहरूले प्रदर्शन गरे । बानेश्वरस्थित छक्कुबक्कु पार्कनजिकै सडक छेउमा व्यापारी जम्मा भएर केहीबेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

नगरपालिकाले अर्को व्यवस्थापन नगरी आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै सडक छेउका व्यापारी आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077