Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इराकमा प्रदर्शनकारीहरुले गरे संसद् भवन कब्जा, नाचगान गर्दै टेबलहरूमा सुते

एजेन्सी । इराकमा प्रदर्शनकारीहरुले संसद् भवन कब्जा गरेका छन् । राजनीतिक संकट चुलिरहँदा राजधानी बग्दादमा प्रदर्शनकारीहरूले संसद् भवन कब्जा गरेका हुन् ।

उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका हुन् । संसद् भवन प्रवेश गर्न खोजेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो। तर ठूलो संख्यामा रहेका प्रदर्शनकारी संसद् भवनमा प्रवेश गरे ।

प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित नभएको बताइएको छ । संसद् भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका तस्बिरहरु सार्वजनिक भएका छन्।

इराकका प्रधानमन्त्री मुस्तफा अल(खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न भनेका छन्। गत अक्टोबरमा सम्पन्न आम निर्वाचनमा धर्मगुरु मुक्तदा अल(सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन।

नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077