Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गडरिया दम्पती हत्याकाण्ड : पाँच लाखमा भाइ-बुहारीको हत्या गर्न ‘सुपारी’, दुईजना किलर पक्राउ

    गडरिया दम्पती हत्याकाण्ड : पाँच लाखमा भाइ-बुहारीको हत्या गर्न ‘सुपारी’, दुईजना किलर पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.4K
    SHARES

    बाँके । बाँके कोहलपुरको पार्वतीपुरमा एक दम्पत्ती हत्याकाण्डमा संलग्न थप दुईजना पक्राउ परेका छन् । दाजुभाउजुले नै योजना बनाएर दुईजना किलर खटाएको खुलासा भएकोछ । उनीहरू दुबै जना नेपालगन्जका हुन् । पक्राउ परेकाहरूले प्रहरी समक्ष घटना स्वीकारिसकेको प्रहरीले जनाएको छ ।

    पार्वतीपुरका २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको मंगलबार बिहान घरमै शव फेला परेको थियो। उनीहरुको हत्यामा संलग्न अरु दुई जनालाई पनि पक्राउ गरिसकेको बाँके प्रहरीले जानकारी दिएको छ ।



    एक वर्ष पहिले बिहे गरेका गडरिया दम्पत्तीको हत्यामा नेपालगन्ज उपमहानगरपालिका-१९ सूर्यगाउँका १९ वर्षीय राजन सोनकर र वडा नम्बर १८ लकदवाका २६ वर्षीय सकिल अली शेषको संलग्नता पुष्टि भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।



    कृष्णका सहोदर दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा नेपालगन्जकै ‘कन्ट्र्याक्ट किलर’ प्रयोग भएको तथ्य प्रहरीले पत्ता लगाएको हो । पाँच लाखमा भाइ-बुहारीको हत्या गर्न भनेर ‘कन्ट्र्याक्ट किलर’हरूलाई दाजु विजयकुमारले सुपारी दिएर योजना बनाएको तथ्य खुलेको डिएसपी मल्लले बताए।

    पक्राउ परेका राजनबाट कटुवा पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका कन्ट्र्याक्ट किलरहरूले आफूहरूलाई ५० हजार रुपैयाँ दिएर भाइबुहारीको हत्या गर्न लगाएको बयान दिएका थिए। उनीहरू सबैजनाविरूद्ध अनुसन्धानका लागि जिल्ला अदालतबाट बुधबार ६ दिनको म्याद थप भएको प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार