Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वर्षासँगै आएको बाढी पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

    वर्षासँगै आएको बाढी पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    लमजुङ । अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

    यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो ।



    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो आएर सडक अवरुद्ध बनेको छ।



    सडक अवरुद्धका कारण कुनै पनि सवारी साधन चल्न नसकेको उनले बताए। रातिदेखि निरन्तर वर्षा भइरहेको र बिहानसम्म पनि वर्षा जारी भएकाले हल्का लेदोसहितको पहिरो खसिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार