Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सी जिनपिङसँग फोनमा वार्ता गर्दै बाइडेन , ताइवान मुद्दाले तनाब बढ्ने संकेत

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले आज चिनियाँ समकक्षी सी जिनपिङसँग फोनमा वार्ता गर्दैछन्।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार दुई नेताको एजेण्डामा ताइवान, युक्रेन युद्ध र दुई देशबीचको आर्थिक प्रतिस्पर्धाका मुद्दा हुनेछन् ।

यो कुराकानी यस्तो समयमा हुनेछ जब अमेरिकी कंग्रेसकी अध्यक्ष न्यान्सी पेलोसीको ताइवान भ्रमणको खबरले चीन रिसाएको बेला यो कुराकानी हुन लागेको हो ।

चीनले अमेरिकालाई  यदि न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

चीनको यो आक्रामक प्रतिक्रियाको अमेरिकाले आलोचना गरेको छ ।

यद्यपि, विदेश विभागले न्यान्सी पेलोसीले कुनै पनि यात्राको घोषणा नगरेको र ताइवानप्रति अमेरिकी अडानमा कुनै परिवर्तन नभएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077