Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • सी जिनपिङसँग फोनमा वार्ता गर्दै बाइडेन , ताइवान मुद्दाले तनाब बढ्ने संकेत

    सी जिनपिङसँग फोनमा वार्ता गर्दै बाइडेन , ताइवान मुद्दाले तनाब बढ्ने संकेत

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 951
    SHARES

    एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले आज चिनियाँ समकक्षी सी जिनपिङसँग फोनमा वार्ता गर्दैछन्।

    अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार दुई नेताको एजेण्डामा ताइवान, युक्रेन युद्ध र दुई देशबीचको आर्थिक प्रतिस्पर्धाका मुद्दा हुनेछन् ।



    यो कुराकानी यस्तो समयमा हुनेछ जब अमेरिकी कंग्रेसकी अध्यक्ष न्यान्सी पेलोसीको ताइवान भ्रमणको खबरले चीन रिसाएको बेला यो कुराकानी हुन लागेको हो ।



    चीनले अमेरिकालाई  यदि न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

    चीनको यो आक्रामक प्रतिक्रियाको अमेरिकाले आलोचना गरेको छ ।

    यद्यपि, विदेश विभागले न्यान्सी पेलोसीले कुनै पनि यात्राको घोषणा नगरेको र ताइवानप्रति अमेरिकी अडानमा कुनै परिवर्तन नभएको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार