Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सी जिनपिङको घोषणा – चिनियाँ सेनालाई ‘द ग्रेट वाल अफ स्टिल’ बनाइने

    सी जिनपिङको घोषणा – चिनियाँ सेनालाई ‘द ग्रेट वाल अफ स्टिल’ बनाइने

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 846
    SHARES

    तस्बिर: सिन्हा

    एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो देशको सेनालाई ‘ग्रेट वाल अफ स्टिल’मा परिणत गर्न चाहेका छन् ।

    चिनियाँ राष्ट्रपतिका अनुसार चीन विश्वमा आफ्नो सार्वभौमसत्ता र विकाससँग सम्बन्धित आफ्नो हितका लागि सेनालाई निकै बलियो बनाउन चाहन्छ ।



    साउदी अरेबिया र इरानबीच हालै भएको सम्झौतापछि चीनले दिएको राष्ट्रपति सी जिनपिङको यो भनाइलाई निकै महत्वपूर्ण मानिएको छ । यो सम्झौतालाई चीनले ठूलो कूटनीतिक पलटावको रूपमा लिइरहेको छ।



    गत हप्ता चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कांग्रेसले सीको तेस्रो कार्यकाललाई अनुमोदन गरेको थियो। यसपछि जिनपिङले पहिलो पटक सार्वजनिक वक्तव्य दिएका छन् ।चिनियाँ सेनालाई बलियो बनाउने आफ्नो इच्छा व्यक्त गर्नुका साथै सीले जनतालाई आफ्नो सरकारलाई समर्थन गर्न अपिल गरेका छन् ।

    ६९ वर्षीय जिनपिङले चिनियाँ संसदमा भने, ‘मैले तेस्रो पटक यस्तो उच्च राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दैछु । जनताको विश्वास नै मेरो लागि सबैभन्दा ठूलो प्रेरणा हो। यही कुराले मलाई अगाडि बढ्न प्रेरित गर्छ । तर यसले मेरो काँधमा ठूलो जिम्मेवारी पनि राख्छ।’

    चिनफिङले संविधानमा उल्लेखित जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले चीनका जनताले आफूमाथि गरेको विश्वासलाई कहिल्यै डगमगाउन नदिने बताए ।

    चिनफिङले भने, ‘विकासको आधार सुरक्षा हो, स्थायित्व भए मात्र समृद्धि आउँछ । चिनियाँ सेनाको आधुनिकीकरणको कामलाई अगाडि बढाउन आग्रह गर्दै उनले यसलाई ‘ग्रेट वाल अफ स्टिल’ बनाउनुपर्ने बताए ।

    चीनका सम्राटहरूले देशलाई बाह्य आक्रमणबाट बचाउन २० हजार किलोमिटरभन्दा लामो पर्खाल बनाएका थिए । यो पर्खाल धेरै शताब्दीमा बनाइएको थियो।

    चिनियाँ सेनालाई बलियो बनाउने सम्बन्धमा चिनफिङको यो भनाइ यस्तो बेला आएको हो जब अमेरिका र केही छिमेकी देशसँगको तनाव बढिरहेको छ ।

    चीनमा जिनपिङलाई पार्टीको सबैभन्दा प्रमुख नेता मानिन्छ। जसरी चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङलाई कुनै समय मानिन्थ्यो।

    गत हप्ता चीनको संसदले उनको तेस्रो कार्यकाल राष्ट्रपतिको रूपमा अनुमोदन गरेको थियो। योसँगै केन्द्रीय सैनिक समितिको प्रमुखमा पनि उनको नाम अनुमोदन भएको छ ।

    केन्द्रीय सैन्य समितिको प्रमुख चिनियाँ सेनाको सर्वोच्च कमाण्डर हो। यो उनको राष्ट्रपति र चिनियाँ सेनाको सर्वोच्च कमाण्डरको रूपमा अर्को पाँच वर्षको कार्यकालको सुरुवात हो।

    गत वर्ष अक्टोबरमा सी जिनपिङ तेस्रो पटक चिनियाँ कम्युनिष्ट पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए। माओपछि दुई पाँच वर्षभन्दा बढी कार्यकाल पाउने जिनपिङ पहिलो नेता हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार