Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • चीनको शिनजियाङ्गमा शून्य कोभिड नीतिविरुद्ध विरोध प्रदर्शन, राष्ट्रपति सीको राजीनामा माग

    चीनको शिनजियाङ्गमा शून्य कोभिड नीतिविरुद्ध विरोध प्रदर्शन, राष्ट्रपति सीको राजीनामा माग

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 732
    SHARES

    शिनजियाङ्ग । चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रर्दशन हुन थालेको छ ।

    गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान गएपछि विरोध प्रदर्शन भइरहेको हो । विरोध प्रदर्शनमा रहेकाहरुले कोरोना महामारी विरुद्ध लगाएको कडा प्रतिबन्धका कारण आगलागीमा परेकाहरु बाहिर निस्कन नसकेका र उनीहरुको ज्यान गएको आरोप लगाएका छन् ।



    साङ्घाई शहरमा सयौँ मानिसहरूले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडिउो विदेशी पत्रकारहरूले पोस्ट गरेका छन् ।



    त्यसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ । कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिनिपङको राजीनामा माग गरिरहेका छन् ।

    चीनको उरुमचीमा कोराना रोकथामका लागि भन्दै लगाइएको कडा प्रतिबन्ध विरुद्ध नाराबाजी भइरहेको भइरहेको बीबीसीले जनाएको छ ।

    उनीहरुले लकडाउन हटाउन माग गरेका छन् । चीनमा कडा प्रतिबन्धका बाबजुत पनि सङ्क्रमण फैलिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार