Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवक दोस्रोपटक पक्राउ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा ब्यानरसहित नाराबाजी गरेरका अर्जुनराज पौडेल दोस्रोपटक पक्राउ परेका छन् ।

यसअघि घटनास्थलबाटै पक्राउ परेका उनी छुटेलगत्तै फेरि हिरासत पुगेका हुन् । एउटा अनलाइनसँगको अन्तर्वार्तामा आपत्तिजनक अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

सो अन्तर्वार्तामा उनले मुलुकको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै आफूले चाहे प्रधानमन्त्रीलाई एक मिटर नजिकबाट सुट गर्न सक्ने दाबी गरेका थिए ।  आफूहरू प्रधानमन्त्री देउवालाई च्यालेन्ज गर्दै ब्यानर देखाउन पुगेको उनले अन्तर्वार्तामा बताएका छन् ।

कमलादीमा आयोजित कार्यक्रममा नागरिकता विधेयकको विरोध गर्दै नाराबाजी गरेका तीन जना युवा पक्राउ परेका थिए । तीनैजना पछि छुटे पनि पौडेल फेरी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077