Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पार्टीलाई एकढिक्का बनाउने अभियानमा छु, गल्ती नदोहोरियोस् : केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताएका छन्।

गृहजिल्ला झापामा रहेका ओलीले दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के होरु भनेर कार्यकर्तालाई प्रश्न गरेका हुन्।

दमकमा विरोधीलाई फाइदा पुग्ने काम भएको चर्चा गर्दै उनले अर्कालाई जिताएर आफैँ अपमानित हुने र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए।

उनले आफू पार्टीलाई एकढिक्का बनाउने अभियानमा लागिरहेको बताउँदै आगामी दिनमा गल्ती नदोर्‍याउन र पार्टीले जित्ने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077