Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेका सिके राउत बने ओशो सन्यासी

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा। सीके राउत काठमाडौंको ओशो तपोवन आश्रम पुगेर ‘सन्न्यासी’ बनेका छन् ।

कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका सिके राउत ओशो सन्यासी बनेका हुन् ।

सन्यासपछि राउतले नयाँ नाम पाएका छन्–‘आनन्द मैत्रय’ । नाम जस्तै सन्यास धारणपछि सार्वजनिक भएको तस्विरमा उनी निकै आनन्दित देखिएका छन् ।

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्ट, पूर्व अभिनेत्री शोभिता सिम्खडाका साथमा सेतो बस्त्र, ओशोको तस्विर रहेको माला लगाएर ‘ग्रीन टि’ पिउँदै गरेको उनको तस्बिर सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077