Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अवैध मुद्रा कारोबारी ५ जना पक्राउ

सुर्खेत । प्रहरीले अवैध मुद्रा कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगाबाट ५ जना मुद्रा कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिम्ता गाउँपालिका–३ आग्रिगाउँका २३ वर्षीया समर विक, दैलेखको भगवतीमाई गाउँपालिका–४ का १० वर्षीया मदन विक, जाजरकोटको छेडागाड नगरपालिका–५ का २४ वर्षीया निमबहादुर विक र सोही ठाउँका ३३ वर्षीया रत्नबहादुर नेपाली रहेका छन् ।

यस्तै कशुे गाउँपालिका –५ खुर्पूका ३२ वर्षीया शान्तबहादुर वादी पनि पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट छालाको मुद्रा जस्तो देखिने ११११ लेखिएको बस्तु फेला पारेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077