Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

आफ्नो दाइको नामबाट परीक्षा दिने तिवारी पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका-६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा संचालन भइरहेको बिबिएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाका आधारमा राजदेवी नगरपालिका-१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077