Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

किएभ वरपर र चेर्निहाइभ क्षेत्रमा रुसको घातक आक्रमण

एजेन्सी । रुसी सेनाले युक्रेनको राजधानी किएभ वरपर र चेर्निहाइभ क्षेत्रमा घातक आक्रमण गरेको छ । यसअघिका आक्रमणभन्दा घातकमा मस्कोले विशाल एवम् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ।

युक्रेनले देशको दक्षिण भागमा कब्जा गरिएका क्षेत्रलाई मुक्त गर्न कारबाही जारी राखेका बेला रुसी आक्रमण तीव्र गतिमा भएको हो। व्यासगोरोड जिल्लाका धेरै स्थानमा आज बिहानै गरिएको क्षेप्यास्त्र प्रहारबाट भएको हताहतीको स्पष्ट विवरण प्राप्त भएको छैन।

चेर्निहाइभका गभर्नर व्याचेस्लाभ चाउसले बेलारुसको क्षेत्रबाट होनचारिभस्का गाउँमा धेरै मिसाइलहरू प्रहार गरिएको जानकारी दिएका छन्।

युक्रेनी अधिकारीहरूले रूसका योजना आफ्ना सैनिकले चकनाचुर पारेका र अन्तिम समयसम्म लडिरहने बताएका छन्। यसअघि पनि किएभ र चेर्निहाइभ क्षेत्र कब्जा गर्न असफल भएपछि रुसी सेना पछि हटेका थिए। ​

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पनि गोलाबारीको चपेटामा परेको छ। युक्रेनी सेनाले कब्जा गरेको दक्षिणी क्षेत्र खेरसनमा जवाफी हमला जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077