Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

अछाम । अछाममा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडा बस्ने ४० वर्षीया मान्मा बिकको कुटपिटबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार श्रीमान ४८ वर्षीय पहेलु कामीले गएराति कुटपिट गर्दा श्रीमती मान्माको मृत्यु भएको हो ।

श्रीमतीको मृत्युपछि पहेलु कामी फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको अछाम प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077