Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

झापा । भद्रपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-७ निवासी भोटलाल गणेश राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार दिउँसो साढे ४ बजे भद्रपुर-४ आमडाँगीस्थित इलाम टि(प्रोड्युसर प्रालिको निर्माणाधीन भवन देखि अन्दाजी ३०० मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077