Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एसईई रिजल्टमा चित्त नबुझे पुनर्योग गर्न पाइने, यस्तो छ तरिका

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सूचना निकालेर पुनर्योग गर्न सकिने जानकारी गराएको हो ।

२०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो। २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन दिनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा यही साउन २७ गते सम्ममा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरिएको छ । प्रतिविषय पाँच सय रुपैयाँ तिरेर निवेदन दिन सकिने छ ।

यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077